काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएको छ ।
जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित हुनुहुन्छ । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्