जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १५:५७

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


काठमाडौं, ६ माघ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएसँगै उहाँ शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना हुनुभएको थियो । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उहाँलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित हुनुहुन्छ ।

शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।