जनता टाइम्स

७ माघ २०७९, शनिबार १६:५०

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ


दाङ, ७ माघ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।