काठमाडौं, माघ ७ । प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनकी साझा उम्मेदवार इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभामा आज भएको मतदानमा १६६ मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना मगर उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।
आज भएको मतदानमा कुल खसेको २६४ मतमध्ये राना मगरले १६६ मत पाउनु भयो । निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार मुक्ताकुमारी यादवले ९७ मत पाउनु भएको छ । यस्तै १ मत दिन्न भन्ने पक्षमा परेको छ ।













प्रतिक्रिया दिनुहोस्