काठमाडौं, माघ ८ । दोलखा कानुन व्यवसायी समाजको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल चयन हुनुभएको छ ।
नेपाल बार एशोसियशन दोलखा बार एकाइको आज आयोजित भेलाले गठन गरेको समाजको उपाध्यक्षमा सहदेव पाण्डे, सचिवमा प्रवीण प्रधान र कोषाध्यक्षमा बविता कार्की चयन हुनुभएको छ ।
भेलाले सदस्यहरूमा खड्गबहादुर बुढाथोकी, विष्णुकुमार थोकर, मानबहादुर लामिछाने, विश्वपुरुष भण्डारी, भद्रमाया दाहाल, नवीन कार्की, भरत घिमिरे, मनिष पाण्डे र विनुर अधिकारी चयन गरेको छ ।

परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा कानुन व्यवसायीहरुले मुलुकमा सुशासन कायम गर्न र पीडितलाई न्याय दिने गरी काम गर्नुपर्ने बताएका थिए । परराष्ट्रमन्त्री पौडेलले कानून व्यवसायीले स्वतन्त्र र निष्पक्षरुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्