जनता टाइम्स

९ माघ २०७९, सोमबार १५:५९

हरिबोल गजुरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार


काठमाडौं, ९ माघ । नेकपा माओवादीका नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको हो । उहाँ नेकपा माओवादीका उपमहासचिव पनि हुनुहुन्छ ।