काठमाडौं, १४ माघ । नेपाली काँग्रेसले नीति महाधिवेशन वैशाखमा गर्ने भएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा ६ महिनाभित्र नीति महाधिवेश गनेृ भनिए पनि डेढ वर्षपछि भने बल्ल साइत जुराएको छ । नीति महाधिवेशनमार्फत काँग्रेस जनतामाझ पुग्ने महामन्त्री गगन थापा बतउनुहुन्छ ।
‘यही फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउँछन् । पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुन्छ । वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ’, महामन्त्री थापाको भनाइ छ ।
गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।
१४ औं महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा ‘नीति अधिवेशन’ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
गत साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्नुपर्ने बनेको थियो । तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन रोकियो ।
आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछिमात्रै नीति महाधिवेशन गर्ने फुर्सद मिलेको हो ।













प्रतिक्रिया दिनुहोस्