जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १६:३२

सांसद सोबिताको प्रस्ताव : संसद बैठकमा राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाऔं


काठमाडौं, माघ १७ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद वैठकअघि राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन प्रस्ताव गरिएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद सोविता गौतमले यस्तो प्रस्ताव गर्नुभएको हो ।

हरेक दिन संसद बैठक सुरू हुनुअघि राष्ट्रिय धुन बजाउने र सबै सांसदहरू उठने हालको नियमावलीमा छ । त्यसलाई संसोधन गर्दै राष्ट्रिय गान नै बजाउनु उपयुक्त हुने सांसद गौतमले बताउनु भएको हो ।

कतिपय सांसदहरूलाई देशको राष्ट्रिय गान पनि कण्ठ नभएकोले यो व्यवस्था प्रभावकारी हुनसक्ने उहाँको तर्क थियो । राष्ट्रिय गान बजाउँदा सांसदहरूमा राष्ट्रियताको भाव थप मजबुत हुने गौतमको तर्क थियो ।

उहाँको प्रस्तावलाई केही सांसदले समर्थन गरे भने केहीले यो आवश्यक नरहेको बताएका छन । नियमावली मस्यौदा समितिमा २१ सदस्य छन्।