जनता टाइम्स

२० माघ २०७९, शुक्रबार ०७:१२

माओवादी स्थायी कमिटी बैठक आज पनि, बिभागको भागबन्डा अझै टुंगिएन


काठमाडौं, २० माघ । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय बिभागको कार्यबिभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज पनि बैठक बोलाईएको हो ।