जनता टाइम्स

२० माघ २०७९, शुक्रबार १३:२४

नागरिक उन्मुक्तिका सांसद् अरुणकुमार चौधरी जेल चलान


काठमाडौं, २० माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान हुनुभएको छ । बिहीबार पक्राउ पर्नुभएका उहाँ शुक्रबार जेल चलान हुनुभएको हो ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर हुनुभएका उहाँलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उहाँलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उहाँ जेल चलान हुनुभएको हो ।

उहाँ कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।