जनता टाइम्स

२२ माघ २०७९, आईतवार ०७:२६

आज प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस, देशभर भब्यताकासाथ मनाइदैं


काठमाडौं, २२ माघ । नेपाली पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपालको आज २५ औं स्थापना दिवस हो । प्रेस चौतारीले यो २५ औं स्थापना दिवस ७७ रैं जिल्लामा विविध कार्यक्रमकासाथ भब्यताकासाथ मनाइरहेको छ । चौतारीको केन्द्रिय कमिटीले काठमाडौंको तिनकुनेस्थित रोयल ब्याङक्वेटमा बिहान ११ः ३० देखि मनाइरहेको छ ।

कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री विष्णुपौडेल हुनुुहन्छ भने अतिथिमा एमालेका एक दर्जन नेताहरू रहनुभएको छ । स्थापना दिवसको अवसरमा पुरस्कार वितरणसमेत गरिने कार्यक्रम रहेको छ ।

हरेक वर्ष स्थापना दिवसका दिन पुरस्कार वितरण गरिदैं आएकामा यस वर्ष यो पुरस्कार संख्या ६ पुगेको छ । बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई आजै पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई प्रदान गरिदैं छ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई प्रदान गर्न लागिएको चौतारीले जनाएको छ ।