काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
यसअघिको दरपीटको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको हो । सो आदेशसँगै रिट दर्ता भएको छ । उक्त रिटमा पेसी भोलि बुधबारका लागि तोकिएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गर्नुभएको थियो ।
सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्नुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्