जनता टाइम्स

२७ माघ २०७९, शुक्रबार १५:४०

अर्थतन्त्र सुधार्न पाइला चाल्न आवश्यक भइसक्यो : राष्ट्रपति भण्डारी


काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभयो ।

मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उहाँले बताउनुभयो ।

अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भन्नुभयो, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’

उहाँले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् ।