जनता टाइम्स

२९ माघ २०७९, आईतवार १५:१८

भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै


काठमाडौं, २७ माघ । भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लाग्नुभएको छ । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लाग्नुभएको हो । ।

यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्कनुभएको थियो । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन उहाँ यसअघि नेपाल आउनुभएको हो ।

उहाँका अनुसार ११ जना भारतीय सेनासहितको प्रमुख पनि नेपाल आउँदैहुनुहुन्छ ।