जनता टाइम्स

२९ माघ २०७९, आईतवार १७:४०

भोली फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौँ, २९ माघ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धकै बलमा आजको परिवर्तन सम्भव भएको बताउँदै सार्वजनिक विदाको निर्णय गरिएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको माओवादीले भन्ने गरेको सो जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा मार्फत विश्राम लिएको थियो ।

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पनि विदा दिएको वर्तमान सरकारले १७ हजार बढीको ज्यान गएको माओवादी र राज्यबीचको सशस्त्र द्वन्द्वको सम्मानमा पनि सार्वजनिक विदा दिएको हो । तत्कालिन नेपाली काँग्रेस नेतृत्वको सरकारलाई ४१ बुँदे ज्ञापनपत्र बुझाएको माओवादीले सो पूरा नभएकोभन्दै २०५२ फागुन १ देखि राज्यविरुद्ध सशस्त्र युद्धको घोषणा गरेको थियो ।