काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका क्रममा बिहीबार बिहान १०ः५७ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
गएराति ग्यास सिलिन्डर बिस्फोटबाट उहाँको ७० प्रतिशत शरीरको भाग जलेको थियो । सोही घटनामा घाइते भएका सांसद भण्डारीको भने उपचार भइरहेको छ । तर, उपचाररत अस्पतालले उनलाई सृुविधा सम्पन्न अस्पताल लैजान भनेको छ । सांसद भण्डारीको २५ देखि ३० प्रतिशत शरीर जलेको छ ।














प्रतिक्रिया दिनुहोस्