जनता टाइम्स

४ फाल्गुन २०७९, बिहीबार १३:५५

श्री एयरलाइन्सको विमानबाट सांसद भण्डारीलाई भारत लैजाने


काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । आज दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।

हाल कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित भारत लैजान लागिएको हो ।

बुधबार राति खाना पकाउने सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उहाँको आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । तर, आज बिहान उपचारकै क्रममा आमा हरिकलाको भने निधन भएको छ ।