काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राती ग्याँस लिक भएका कारण दुर्घटनामा पर्नुभएका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।
कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिबाकोटीका अनुसार शुक्रवार विहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार बरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरेको उहाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार उहाँहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।
शुक्रवार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासी लागेको आगोमा परी सांसद भण्डारी र उहाँको आमा गम्भिर घाइते हुनुभएको थियो । सिभिल अस्पताल हुदैँ किर्तिपुरस्थित अस्पतालमा पुरयाईनुभएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भने हिजै किर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्