काठमाडौं, १९ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुग्नुभएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा सहयोग माग्नुभएको हो ।
नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता जानु भएको थियो । यही २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेम्वाङले बिहीबारदेखि भोट माग्ने अभियान थाल्नुभएको थियो । उहाँले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग माग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्