जनता टाइम्स

२२ फाल्गुन २०७९, सोमबार १४:२५

मिसन ग्रासरुट अभियानमा प्युठानका नेता थापाको निधनले एमाले मर्माहत


काठमाडौं, फागुन २२ । नेकपा (एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा खटिएका एक नेताको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । प्यूठान जिल्ला कमिटी सदस्य रामबहादुर थापा ‘गोपाल’ को शनितवार निधन भएको हो ।

थापा पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत उहाँलाई जिम्मेवारी तोकिएको स्थानीय तह सरुमारानी गाउँपालिका जानेक्रममा २०७९ फागुन २० गते माण्डवी गाउँपालिका– ५ आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी अकल्पनीय र असामयिक निधन भएको हो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज शोक बक्तब्य जारी गरी थापाको निधनको घटनाले पार्टीलाई अत्यन्त दुःखी बनाएको बताउनु भएको छ । ‘जीवनभर राजनीतिमा सक्रिय कमरेड गोपालको पार्टी कामकै सिलसिलामा निधन भएको घटनाले पार्टीपंक्ति मर्माहत भएको छ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको छ । कमरेड गोपालको योगदानलाई पार्टीले सधै स्मरण गरिरहने छ,’ बक्तब्यमा महासचिव पोखरेलले भन्नुभएको छ ।

नेकपा (एमाले) कमरेड स्व. गोपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकमा रहनुभएका उहाँका श्रीमती, छोराछोरी र अन्य आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरको छ ।

सोही दुर्घटनामा शक्त घाइते हुनुभई उपचाररत प्यूठान जिल्ला कमिटी सदस्य वसन्ता भुसाल आचार्यको नेकपा (एमाले) शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।