जनता टाइम्स

२३ फाल्गुन २०७९, मंगलवार १०:१८

प्रधानमन्त्रीले गरे कुनैपनि बेला जेलमा पुग्ने खुसाला


काठमाडौं, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु कुनै पनि बेला जेल पुग्न सकिने त्रासपुर्ण भनाई राख्नुभएको छ ।

सर्वोच्च अदालतले संक्रमणकालिन न्यायलाई अनन्तकालसम्म लम्ब्याउन नमिल्ने भन्दै प्रधानमन्त्री दाहालबिरुद्धको मुद्धा दर्ता गर्न आदेश दिएपछि त्रसित बन्नुभएका उहाँले बालुवाटारमा आज आयोजित माओवादी धारका नेताहरुको बैठकमा जेल पुग्ने त्रास देखाउनु भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार दाहालले माओवादी धार बिधाजित हुँदा जनयुद्धको उपलब्धी खोसिने अवस्थामा पुगेको भन्दै आफूहरु कुनैपनि बेला जेल पुग्न सकिने बताउनु भएको हो । अहिले पनि माओवादीबिरुद्ध ठूलो षडयन्त्र भइरहेकोले आफूहरु एकजुट बनेर अघि बढनुपर्नेर पार्टीसमेत एउटै बनाएर प्रतिक्रियावादीहरुसँग लडनु पर्ने भनाईसमेत दाहालको रहेको थियो ।

प्रधानमन्त्री दाहालले यसअघि सार्वजनिक कार्यक्रममा आफू धेरै बोल्न नमिल्ने भन्दै ठूलै षडयन्त्र भइरहेको बताउनु भएको थियो । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन खासै चासो नराख्नुभएका दाहालले सर्वोच्चको आदेशपछि भने पूर्वमाओवादी घटकसँगको बैठकलाई बिशेष प्राथमिकता दिनुभएको छ । पूर्वमाओवादी नेताहरु सवै यस बिषयमा एकमत जस्तै देखिएका छन ।