जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १२:४९

‘प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन : योगेश भट्टराई


काठमाडौं, २५ फागुन । नेकपा एमालेका सांसद नेता योगेश भट्टराईले गठबन्धन छाडेर हिडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताउनुभएको छ ।

राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताउनुभएको हो ।

नेकपा एमालेसँग गठबन्धन तोडेर गएका प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई अघि बढने ठाउँ भने नभएको उहाँको भनाई छ ।

‘निर्वाचन पछि तीनवटा गठबन्धन भयो, चुनाव अघि एउटा गठबन्धन थियो, चुनाव पछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भन्नुभयो, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिडनु भयो, प्यासेन्जरलाई दुःख दिनु भयो, अब फर्केर आउनुहोला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन् ।’

राष्ट्रपतिको मतदान प्रक्रिया जारी छ ।