काठमाडौं, १९ फागुन । राष्ट्रपति बिद्यादेवी भण्डारीको नौ बर्षे लामो कार्यकाल आइतवार रातिदेखि सकिएको छ ।
कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाड्नु हुनेछ ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित हुनुभएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोर्याएर निर्वाचित हुनुभएको थियो । पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको थियो भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गर्नुभएको थियो ।
उहाँ नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुनुहुन्छ भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्ली नेपाली महिला पनि हुनुहुन्छ । नौ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुनुहुन्छ ।
उहाँ राष्ट्रपति भण्डारी आफनो नौ बर्षे लामो कार्यकाल सकेर सोमवार, शितलनिवासवाट बिदा हुन लाग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्