जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १६:५५

अति आवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक


काठमाडौं, १ चैत । सरकारले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँले नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने बताउनुभयो ।