काठमाडौं, २ चैत । महाराजगञ्ज नसिंङ क्याम्पसकी प्रमुख मुना रानाकै संरक्षणमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आचार संहितालाई धज्जी उडाउदै नौटंकी प्रदर्शन गरेका छन् ।
नेविसंघको तर्फबाट आसन्न स्ववियु निर्वाचनमा सभापतिकी उम्मेदवारले आधा बोतल पानीसंगै एक प्राविधिक कर्मचारीसंग खिचाएको फोटो यही नौटंकीको कलाविहीन प्रदर्शन भएको विद्यार्थी माझ चर्चा चलेको छ ।
क्याम्पस प्रमुख रानाले अन्य विद्यार्थी संगठनलाई सौतेनी व्यवहार धेरै पहिलेदेखि गर्दै आउनु भएको त थियो नै आज उहाँले नेविसंघले पराजय व्यहोर्ने लक्षण देखेपछि अर्को फण्डा गर्नुभएको हो ।
ढल विग्रेको भनेर कर्मचारी भूवनबहादुर अधिकारी नामका कर्मचारी बोलाउनुभयो र ती कर्मचारीले अस्वीकार गर्दागर्दै उहाँसंग आधा बोतल पानी लिएर नेविसंघकी सभापति उम्मेदवारलाई उभ्याइयो । फटाफट फोटो खिचियो र सामाजिक सञ्जालमा बुस्टसमेत गरियो ।
क्याम्पसले फटाफट खानेपानीका पाइपलगायतका सामाग्री कम्पाउण्डमा झार्यो र हल्ला चलाइयो ‘नेविसंघको पहलमा कलेजमा शुद्ध खानेपानीको व्यवस्था गरियो । नेविसंघ विद्यार्थीको स्वास्थ्य र असुविधाप्रति अति संवेदनशिल छ ।
वाह ! क्याम्पस प्रमुख राना । ‘वाह ! नेविसंघ । जोसंग फोटो खिचेर नौटंकी प्रदर्शनी गरिएको हो उहाँले नै विज्ञप्ति जारी गरेर आफूलाई जवर्जस्ती पानीको बोतल पक्रन लगाएर फोटो खिचेको जानकारी दिएबाट उनीहरूको यो नौटंकीको पर्दाफास भएको छ ।

कर्मचारी अधिकारीले विज्ञप्तिमा आफूलाई एक पुरुष नर्सले क्याम्पसको ढल विग्रेकाले बनाइदिन आग्रह गरेकामा गएर हेर्दा ढल ठिकठाक रहेको बताउनुभएको छ । उहाँले भित्रबाट धाराको पानी आधा बोतल भरेर ल्याई आफूसंग फोटो खिचाएर फेसबुकमा पोष्ट गरेकामा आश्चार्यचकित भएको बताउनु भएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ ‘ढल ठिकै छ भनेपछि आफूलाई खानेपानीको ट्यांकी हेरिदिन आग्रह गरिएकोमा आफू सो विषयको जानकार नभएकाले प्लम्बरलाई हेर्न लगाउनु भन्दाभन्दै आधा बोतल पानी ल्याएर फोटो खिचियो ।’
स्ववियु निर्वाचनको मौन अवधि सुरु हुनु केही घण्टाअघि क्याम्पस प्रमुखसमेतको संलग्नतामा नेविसंघले प्रदर्शन गरेको यस्तो कलाविहीन नाटकले आचारसंहिताको घोर उल्लंघन गरेकाले आचारसंहिता उल्लंघनमा संलग्नलाई कारवाही गर्न विद्यार्थीहरूले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यो कार्यलाई त्यहॅा अध्ययनरत् विद्यार्थीले आसन्न नेविसंघको पराजयबाट क्याम्पस प्रमुख रानासमेत हतोत्साही भएको बताएका छन् । यस्तो नौटंकीको मतदानमार्फत डटेर मुकाविला गर्न एमाले निकट अनेरास्ववियुले सबै विद्यार्थी मतदातालाई आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्