काठमाडौं, चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकप्रति आपत्ती जनाएको छ।
सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा आपत्ति जनाउँदै फरक मत राख्ने निर्णय गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिद्येयकमा आपत्तिजनक प्रावधान रहेकोले फरक मत राख्ने निर्णय गरिएको जानकारी दिनुभयो । विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरूको विरोध रहेको उहाँको भनाइ छ।
बैठकले संसदीय दलको विधान पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ। बैठकले संघ र प्रदेशका सांसदहरूलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्