जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १९:०५

प्रदेश सरकारले समृद्धिको बाटोलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी


देउखुरी, ५ चैत । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताउनुभयो ।

मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताउनुभयो । अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पार्टीलाई सही ढङ्गले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो’, उहाँले भन्नुभयो । गाउँ–गाउँका मतदाताको मनोभाव बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।