जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार ०६:४८

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिदैँ


हेटौडा, १० चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने हुनुभएको छ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाईएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍यार विश्वासको मत लिन लाग्नुभएको हो । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा बिबाद बढे पछि अन्तिम समयमा आएर बुधवार बोलाईएको बैठक स्थगित हुन पुगेको थियो ।

नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाईएको बैठक सारेर शुक्रवार डाकिएको हो । शुक्रवार डाकिएको बैठकवाट भने पुनः विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गर्नुभएको छ ।