जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १६:४७

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय


काठमाडौं , १० चैत्र । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कँवरलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।