जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार २२:००

गृहले गर्‍यो १० सिडिओको सरुवा (सूचीसहित)


काठमाडौं, १० चैत्र।   गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसमा १० प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् ।

सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।