जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १३:४७

एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा


काठमाडौं, १३ चैत । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को नाम बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार रिक्त चार एआईजी पदका लागि चारजना डीआईजीको नाम सिफारिस गरेको हो ।

जसमा पहिलो नम्बरमा सन्दीप भण्डारीको नाम समावेश छ भने त्यसपछि क्रमशः सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम समावेश गरिएको छ ।