जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १७:१८

पार्टीको विधि विधान नमानेपछि भीम रावलसँग संवाद गर्न विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन


काठमाडौं, १८ चैत । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सचिव तथा सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको नेतृत्वमा ३ सदस्यीय टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा ल्याउन वार्ता टोली बनाएको हो । स्रोतका अनुसार एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । आज बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।