काठमाडौं, २० चैत । उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी लिनुभएको छ ।
पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहनुभएको राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुग्नुभएको हो ।
छुट्टाछुट्टै अस्पताल पुगेर उहाँहरुले राष्ट्रपति पौडेललाई भेटेर अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु अस्पातल पुग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्