जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार २०:२५

पोखरा–१८ को वडाध्यक्ष पदको पुन: मतगणना गर्न उच्च अदालतले दियो आदेश


काठमाडौं, २१ चैत्र ।  उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुनस् मतगणना गर्न आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।

तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनस् मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुनस् मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेको अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।