जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार २१:५४

नेकपा एसका नेता न्यौपानेले पत्रकार सम्मेलनबाटै एमाले प्रवेश गर्नसक्ने आकलन


काठमाडौं, २५ चैत्र ।  नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । पार्टीविरुद्ध गतिविधि गरेको भन्दै केन्द्रीय सचिवालयको बैठकले स्पष्टीकरण सोधेपछि नेता न्यौपानेले शनिबार पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

उहाँले अनामनगर पूर्वी गेट नजिकै जिफन्ट स्कूल बिल्डिङमा दिउँसो २ बजे पत्रकार सम्मेलनको तयारी गर्नुभएको हो। उहाँले भोलिको पत्रकार सम्मेलनमा पार्टीले सोधेको स्पष्टीकरण र आगामी कदमबारे जानकारी दिने जनाइएको छ । नेता न्यौपानेले भोलिको पत्रकार सम्मेलनबाटै एमाले प्रवेश गर्ने घोषणा गर्नसक्ने आकलन गरिएको छ ।

न्यौपानेसहित हालै पार्टी छाडेका उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगली पनि एमालेसँग छलफलमा हुनुहुन्छ । उहाँ सहितत नेता कार्यकर्तासहित उनीहरु एमालेमा फर्किने तयारी भइरहेको बुझिएको छ ।
नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता झलनाथ खनालसमेत सन्तुष्ट हुनुहुन्न ।