जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार ०८:४३

आजदेखि सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन साह


काठमाडौं, २५ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताउनुभएको छ ।

स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उहाँले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताउनुभएको हो े। उहाँले देश सफा गर्न परे सिंहदरबारका नेताहरुलाई सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’