जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १३:३८

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना


पोखरा, २६ चैत । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन ।

उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताउनुभयो । पाइलटको प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर जानुभएको थियो । बेस क्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले जानकारी दिनुभयो । प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उहाँको भनाइ छ ।