काठमाडौं, ३ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत मेयर राईले भन्नुभएको छ ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’
राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाउनुभएको छ । राईको स्ट्याटसमा शाहले लेखेका छन् ‘पूर्ण समर्थन गर्ने नै यही हो ।’














प्रतिक्रिया दिनुहोस्