जनता टाइम्स

४ बैशाख २०८०, सोमबार ०८:०४

काठमाडौंसहित मुख्य सहरमा प्रदूषण अझै बढ्ने जोखिम, स्वास्थ्यमा ख्याल गर्न डाक्टरको आग्रह


ठमाडौं, ४ बैशाख । काठमाडौंसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ ।
सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् । धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो ।

तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नरहेकाले प्रदूषण र तुवाँलो अझै बढ्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आउँदो बिहीवार र शुक्रवार देशका पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।
प्रदूषण मापन गर्ने एक्यूएयरका अनुसार अहिले पाटनमा हावाको गुणस्तर सूचकाङ्क एक्यूआई १८६ छ । यस्तै, काठमाण्डौ रत्नपार्कको १८०, कीर्तिपुरको १७४, भक्तपुरको १६९ र दाङको तुलसीपुरको १६६ रहेको छ ।