तनहुँ, बैशाख ११ । तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ । पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गर्नुभएको छ ।
४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ उहाँलाई पछ्याइरहनु भएको छ । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्