जनता टाइम्स

१६ बैशाख २०८०, शनिबार १८:५५

२४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा, भोलि दिनभर बदली हुने


काठमाडौं, १६ बैशाख । काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । विगत करिब साढे दुई घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार यो वर्षा विस्तारै कम हुँदै जानेछ । निरन्तर पानी पर्ने छैन ।

तर, आजै राति १०र११ बजेतिर पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो ।पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको उहाले बताउनुभयो ।

यो अवधिमा काठमाडौंमा ३१।५ मिलिमिटर वर्षा मापन गरिएको उहाँले बताउनुभयो । मौसम विद् झा काअनुसार यो अवधिमा काठमाडौंपछि पोखरामा सबैभन्दा धेरै २३।२ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा भने म्याग्दीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आजभन्दा भोलि मौसम ‘डिस्टर्ब’ हुनेछ ।