जनता टाइम्स

१७ बैशाख २०८०, आईतवार ०६:३७

निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ


काठमाडौं, १७ बैशाख । कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको एक स्रोतले बतायो ।

एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो ।