काठमाडौैं, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएको हो । सो क्रममा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिनुभएको छ ।
यसअघि निर्वाचित भएपछि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखिराख्नु पर्ने भन्ने नरहेको दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले चासो राख्नुभएको थियो । आइतबारको भेटमा पनि सरकारलाई दिएको समर्थन र सहभागी हुने नहुने विषयमा पनि लामिछानेसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको छ ।
पार्टीको केन्द्रीय केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्