काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने हुनुभएको छ ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने हुनुभएको हो ।
‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
छात्तिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता जानुभएको थियो । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्कनु भएको हो ।















प्रतिक्रिया दिनुहोस्