जनता टाइम्स

१९ बैशाख २०८०, मंगलवार १४:४८

लुम्बिनी प्रदेश : मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत


दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । चार सिट रहेको राप्रपा तटस्थ बसेको छ ।

गत शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गर्नुभएको थियो ।