जनता टाइम्स

२० बैशाख २०८०, बुधबार १८:५८

राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्नेसम्बन्धी अध्यादेश जारी


काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गर्नुभएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

सरकारले मिटरब्याजपीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।