जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १४:२८

तस्वीरमा सिम्रिक एयर हेलिकप्टर दुर्घटनास्थल : थप विवरण आउँन बाँकी


काठमाडौं, २२ बैशाख । सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका–३ मा माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।