जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १७:२८

नेकपा एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं, २२ वैशाख । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ ।

गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ ।