जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार ०८:४७

सञ्चारसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग सहकार्य हुनेछ : प्रधानमन्त्री


काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारसम्बन्धी नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

८ औं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो । उहाँले लोकतन्त्रको स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेर्नुभएको छ ।

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको उहाँको भनाइ छ। शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले भन्नुभएको छ, ‘पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्वद्ध सबैमा अपील गर्दछु।’