जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १६:११

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


इस्लामावाद, २६ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको छ । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। अवस्था ‘सामान्य’ रहेको उनले बताए ।

इस्लामाबाद पुलिसले भने कि धारा १४४ (कर्फ्यु) लगाइएको छ । यो उल्लंघन गरेमा कारबाही गरिनेछ। पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट अपहरण गरियो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् ।’ इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।

पीटीआई नेता शिरीन मजारीले भने, ‘इस्लामाबाद उच्च अदालतमा जबरजस्ती प्रवेश गरेर इमरान खानको अपहरण राज्य(प्रायोजित आतंकवाद हो।’ यो देशमा जंगल राज छ । सुरक्षाकर्मीले वकिलहरूलाई कुटपिट गरे, यातना दिए र इमरान खानलाई अपहरण गरे।